



काठमाडौं – नेपाली बजारमा बुधबार (फागुन २१) सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ४०० रुपैयाँ कायम छ । मंगलबार (फागुन २०) छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।


चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 88