Aamsanchar

प्रधानमन्त्रीको विरोध गर्दा रंगशालामा दर्शक कुटिएकाे विषयमा सांसद शाहीले यसो भने

Author Image
बुधवार, फागुन २१, २०८१

काठमाडौं – केपी ओली कपको फाइनल खेल हेर्ने क्रममा एक दर्शकले प्रधानमन्त्रीको विरोध गर्दा कुटिएको विषयमा सांसद ज्ञानबहादुर शाहीले संसद्‍मा प्रश्न उठाएका छन् । बुधबारको संसद् बैठकको आकस्मिक समयमा शाहीले प्रधानमन्त्रीको पार्टीको बिल्ला भिरेपछि मान्छे कुट्न पाइने हो ? भन्दै प्रश्न उठाएका हुन् ।

उनले पार्टीको बिल्ला भिरेपछि मान्छे कुट्न पाइने हो भने आफूहरू पनि तयार हुने चेतावनी दिएका छन् । “रंगशालामा यही फागुन १९ गते प्रधानमन्त्रीको नाममा खेलकुद आयोजना गर्ने, दर्शकदीर्घामा बसेका मान्छेले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लाधारी गुन्डाहरूले मान्छे कुट्ने, प्रहरी पीडितलाई जोगाउनेभन्दा कुट्न सघाउने,” शाहीले भने, “वाह, वाह ! गृहमन्त्रीज्यू, वाह, वाह १ प्रधानमन्त्रीज्यू, यो तम्रो कस्तो लोकतन्त्र, कस्तो प्रजातन्त्र ?”

उनले पार्टीका कार्यकर्ताले मान्छे पिट्ने र प्रहरी नचाहिने भए सार्वजनिक घोषणा गर्न चुनौती दिए । “खुल्लमखुल्ला भन्नुस् हामी पार्टीका बिल्लाधारीले मान्छे कुट्ने हो ? पुलिस चाहिँदैन रु हामी पनि तयार भएर बस्छौँ,” शाहीले प्रश्न गरे, “तर विधिको शासन खोइ रु आज बीपीको सपना खोइ, मदन भण्डारीको सपना खोइ ?”

शाहीले मान्छे कुट्नेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरे । कानुनी दायरामा नल्याइए सदन र सडकमा आन्दोलन हुने उनको चेतावनी थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)