



फुङलिङ- ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा एक युवक मृत फेला परेका छन् । स्थानीय ४० वर्षीय दिपेश केदेमलाई आज बिहान करिब ६ बजे सडकमै मृत अवस्थामा फेला पारिएको हो ।

वडाध्यक्ष तेजकुमार चोङबाङका अनुसार सान्थाक्राको आङचोक सडकखण्डमा केदेमको शरीर अङ्गभङ्ग भएको अवस्थामा फेला पारिएको छ । उहाँलाई मालबाहक गाडीले किचेको स्थानीयले अनुमान गरेको वडाध्यक्ष चोङबाङले बताउनुभयो । घटना मङ्गलबार साँझ करिब ८ बजेको समयमा भएको हुनसक्ने स्थानीयको अनुमान छ । प्रत्यक्षदर्शीका अनुसार मृतकको टाउको र पेटको भाग छताछुल्ल अवस्थामा रहेको छ।


घटनास्थलमा अहिले प्रहरीले कानुनी प्रक्रियाको कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ९डिएसपी० रवि रावलले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 72