Aamsanchar

साली हत्याको आरोपमा भिनाजु र उनकी बुहारी पक्राउ

Author Image
बिहिवार, फागुन २२, २०८१

गुलरिया – प्रहरीले साली हत्याको आरोपमा भिनाजु र उनकी बुहारीलाई नियन्त्रणमा लिएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरिगाउँमा घर भाडामा लिइ बस्दै आइरहेकी राधा बोहोराको फागुन ४ गते घरभित्रै रहस्यमय मृत्यु भएको थियो।

सोही निवासी मृतक बोहोराको भिनाजु नाता पर्ने ६९ वर्षीय शान्तबहादुर खत्री र निजकी बुहारी २४ वर्षीया उमाकुमारी खत्रीलाई घटना अनुसन्धानका क्रममा मृत्यु प्रकरणमा संलग्नता देखिएकोले बर्दिया जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न अनुमति पाएपश्चात् दुबै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीमगरले बताए।

भुरिगाउँ स्थित सानो छाप्रोमा घर भाँडामा लिइ बस्दै आइरहेकी बोहोराको सुत्ने कोठामा फागुन ४ गते बिहान साढे १० बजे बाहिरबाट ताल्चा लगाएको अवस्थामा स्थानीयले फेला पारी जनप्रतिनिधिहरूको रोहबरमा ताल्चा फुटाइ घरभित्र हेर्दा घर कोठामा रहेको बाँसको खामोमा मृत अवस्थामा बोहोराको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थल मुचुल्कापश्चात् प्रहरीले सघन अनुसन्धान गर्दै जाँदा मृतकका भिनाजु नाता पर्ने र निजकी बुहारीको संलग्नता देखिएकोले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी घर्तीमगरले जानकारी दिएका छन्। घटनाको आशंकामा प्रहरी नियन्त्रणमा रहेका दुबैजना आरोपित प्रहरी हिरासतमा छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर