Aamsanchar

दक्षिण कोरियाली लडाकु विमानबाट सर्वसाधारणमाथि गल्तीले ८ बम खस्यो

Author Image
बिहिवार, फागुन २२, २०८१

दक्षिण कोरियाली वायुसेनाले सैन्य अभ्यासका क्रममा एउटा लडाकु विमानले गल्तीले सर्वसाधारणमाथि आठ बम खसालेको बताएको छ।

यस घटनामा सात जना घाइते भएका छन् जसमध्ये चार जनाको गम्भीर रहेको बीबीसी समाचारमा उल्लेख छ।

दक्षिण कोरियाली वायुसेनाको kf १६ विमानसँग सम्बन्धित घटना स्थानीय समय अनुसार बिहान १०:०४ बजे उत्तर कोरियाली सीमा नजिकै रहेको पोचियोन सहरमा भएको थियो।

 

दुर्घटनावश खसेका आठवटा बममध्ये एउटा मात्र बम विस्फोट भएको जनाइएको छ।

पोचियोनका अधिकारीका अनुसार बम डिस्पोजल टोलीले अन्य सात बमलाई सुरक्षित रूपमा निष्क्रिय पार्न काम गरिरहेको छ।

उनले आसपासका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर