Aamsanchar

महोत्तरीमा बस पल्टिँयो

Author Image
शुक्रवार, फागुन २३, २०८१

जनकपुरधाम – महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते भएका छन् । हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईस्थित सडकबाट पल्टेर दुर्घटना भएको हो ।

दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइतेहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर