Aamsanchar

कोटीहोमको भूमिपुजन रोक्न खोज्दा झडप

Author Image
शुक्रवार, फागुन २३, २०८१

काठमाडौं – पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन ।

शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको थियो । सो क्रममा कोटीहोम सञ्चालक र महानगर प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

‘कोटीहोमवाला गर्ने भन्ने नगरपालिका अनुमति नदिएर गर्न नदिने भन्ने विषयमा विवाद हुँदा नगर प्रहरीसँग झडप भएको हो,’ शर्माले भने । नेपाल ट्रस्टले कोटी होमका लागि उपलब्ध गराएको भनिएको लेकसाइड स्थित जग्गा सहरको अति व्यस्त स्थान, विश्व रामसार सूचीमा सूचीकृत फेवातालको किनार र कोटीहोमले भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी महानगरपालिकाले सो अनुमति तत्काल रद्द गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय यसअघि गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर