Aamsanchar

दाङ : धारपानीमा लागेको मेलाबाट प्राप्त आम्दानी सार्वजनिक

Author Image
शुक्रवार, फागुन २३, २०८१

दाङ । दाङको धारपानीमा लागेको महाशिवरात्री मेलामा करिव आठ लाख रुपैया आम्दानी भएको छ । फागुन १२,१३ र १४ गते लागेको मेलामा सात लाख ७३ हजार विस रुपैया आम्दानी भएको हो । घोराही उप महानगरपालिका वडा नम्वर ५ धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा लागेको मेलामा दुई लाख ६९ हजार सात सय ८० रुपैया खर्च भई पाँच लाख तीन हजार दुई सय चालिस रुपैया बचत भएको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो ।

समितिका अध्यक्ष गणेश कुमार अधिकारीको अध्यक्षतामा शुक्रवार सम्पन्न बैठकमा मेलाबाट संकलन भएको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको हो । मेलामा सवै भन्दा बढि दान पेटिकाबाट दुई लाख ९२ हजार,नगदी सहयोगबाट दुई लाख १२ हजार ६०,बजार मेलाबाट एक लाख ९३ हजार र पार्किङ शुल्कबाट ७५ हजार ९ सय ६० रुपैया आम्दानी भएको छ ।

बैठकले यस बर्षको महाशिवरात्री मेला व्यवस्थित र भव्य रुपमा समपन्न भएको निष्कर्ष निकाल्दै मेलामा सहयोग गर्ने लुम्बीनी प्रदेशका मुख्यमन्त्रि, राजनितिक दल,भत्तजन,सुरक्षाकर्मी,बिभिन्न धार्मिक संस्था,सरसकारी तथा गैरसरकारी संघसंस्था,उद्योगी व्यवसायी,पत्रकार,नागरिक समाज,मेला व्यवस्थापन उपसमितिहरु,स्थानीय व्यापारी तथा कर्मचारी लगायत सवैमा धन्यवाद ज्ञापन गरेको छ ।

मेलाको पहिलो दिन भोली १०८ गौभूखी धाराको उद्घाटन, दोश्रो दिन बेलुका एक हजार आठ वटा दिप प्रज्वलन गर्ने र १४ गते बिधि पूर्वक भगवान शिवको पुँजाआरधना गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्रि चेतनारायण आचार्यको उपस्थितीमा नेपाली सेना लगायतका सुरक्षाकमी,मन्दिर व्यवस्थापन समिति,भत्तजन लगायतको सहभागितामा शिव सलामी दिइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यले बनायाे रेकर्ड
मङ्गलवार, चैत ५, २०८१
सुनको मूल्य
सोमवार, चैत ४, २०८१
सुनको भाउ आज
आइतवार, चैत ३, २०८१