लेकसाइड । मानव सेवा फाउन्डेसनले आयोजना गर्न लागेको कोटीहोम विवादमा उग्र मोड लिएको छ। भूमिपूजन सुरु गर्ने प्रयासपछि आयोजक पक्ष र विरोधी पक्षबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ।

फाउन्डेसनले लेकसाइडस्थित बाराहीघाट क्षेत्रमा कोटीहोम आयोजना गर्न खोज्दा पोखरा महानगरपालिकाले अनुमति नदिएको भन्दै रोक्ने प्रयास गरिरहेको छ। स्थिति नियन्त्रण गर्न महानगरले ५० जना नगरप्रहरी परिचालन गरेको छ।

महानगरका प्रमुख धनराज आचार्यले “अनुमति विना कार्यक्रम हुन सक्दैन” भन्ने अडान लिएका छन्। तर, फाउन्डेसनका संस्थापक विजय भण्डारी कुनै हालतमा कोटीहोम गरेरै छाड्ने दृढताका साथ उभिएका छन्।


यता, आयोजक पक्षले आफ्नो भूमिपूजन अघि बढाउन रड र हतियार बोकेको समूह तैनाथ गरेको देखिएको छ। दुवै पक्ष आक्रामक बनेपछि झडपको सम्भावना बढेको छ।


स्थिति नियन्त्रण बाहिर जाने संकेत देखिएपछि प्रहरी प्रशासनले थप सुरक्षा रणनीति अपनाउने तयारी गरेको छ। कोटीहोम आयोजनाको भविष्य कस्तो बन्लारु समयले नै बताउनेछ।