



काठमाडौँ – सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु २ हजार ८ सय रुपैयाँ ६९ पैसा न्युनतम समर्थन मूल्य तोकेको छ ।

फागुन २१ गते बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्युनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरेको छ ।


बैठकका निर्णय सार्वजनकि गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले यही चैत्र ५ देखि ६,२०८१ (तदनुसार १८–१९ मार्च, २०२५)सम्म जर्मनीको बर्लिनमा आयोजना हुने ११ औं एडिशन अफ द बर्लिन इनर्जी ट्रान्सस्टेशन डायलगमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको पनि बताए ।

