Aamsanchar

अर्काको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गर्ने दुई जना पक्राउ

Author Image
शुक्रवार, फागुन २३, २०८१

राजविराज – अर्काको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ परेका छन्। राजविराज नगरपालिका–१२ घर भई हाल वडा(५ का अभिषेक यादव र अरुणकुमार यादव रहेको आज जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।

नागरिकतामा आरोपितमध्ये अरुणको फोटो टाँसेर विराटनगरस्थित सिटिजन्स बैंकमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरिरहेको खुल्न आएपछि पक्राउ गरिएको उनको भनाई छ। दुवै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुर र ठगीमा जाहेरी परेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर