Aamsanchar

नेपाली महिला फुटबल टिमको फिफा वरियतामा सुधार

Author Image
शुक्रवार, फागुन २३, २०८१

काठमाडौं –  नेपाली महिला फुटबल टिमको फिफा वरियता सुधार भएको छ। नेपाल ४ स्थान सुधार गर्दै १०३ बाट ९९ औं स्थानमा उक्लिएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चार देशिय महिला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शनले गर्दा नेपालको फिफा वरियतामा सुधार आएको हो।

नेपालले चार देशीय फुटबल प्रतियोगिताको पहिलो खेलामा किर्गिस्तानलाई १–०, लेवनानलाई १–० ले पराजित गर्दा तेस्रो खेलमा म्यानमारसँग २–२ को बराबरी खेलेको थियो। त्यस्तै, फाइनल खेलमा भने नेपाल म्यानमारसँग २–० ले पराजित भएको हो। दक्षिण एसियाका राष्ट्रहरुमा भारत ६९ औं स्थानमा तटस्थ स्थानमा रहेको छ। बंगालादेश १ स्थान झर्दै १३३ औं स्थानमा रहेको छ। पाकिस्तान १५७ औं स्थान र श्रीलंका १५८ औं र माल्दिभ्स १६३ औं स्थानमा तटस्थ रहेका छन्। त्यस्तै, भुटान पनि एक स्थान सुधार गर्दै १७१औं स्थानमा उक्लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर