Aamsanchar

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेपछि रुसको पहिलो हमला, चार बालबालिका सहित १८ जनाको मृत्यु

Author Image
शुक्रवार, फागुन २३, २०८१

प्रतिकात्मक तस्विर

किभ – रुसले युक्रेनमाथि व्यापक हमला गरेको छ । कृष्ण सागरमा रहेका जहाजबाट रुसले व्यापक मिसाइल र ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख छ । युक्रेनको नेभी प्रवक्ता दम्योत्रो प्लेटेन्चकले यस्तो खालको हमला यो वर्ष सुरु भएयताकै ठुलो रहेको जनाएका छन् । अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेपछिको यो पहिलो हमला भएको जनाइएको छ ।

रातभरि भएको यस हमलामा चार जना बालबालिकासमेत १८ जनाको मृत्यु भएको बताइएको छ । हमलामा युक्रेनको ऊर्जा पूर्वाधार ग्यास उत्पादन केन्द्रहरूलाई लक्षित गरिएको युक्रेनी ऊर्जामन्त्रीले भनेका छन् । आक्रमणमा युक्रेनको दोस्रो ठुलो सहर खार्किभमा आठ जना घाइते भएका छन् । महत्त्वपूर्ण पूर्वाधार र आवासीय भवनहरू क्षतिग्रस्त भए । पूर्वी दोनेत्स्क क्षेत्रमा दुई बालिकासमेत सात जना घाइते भएको भनिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर