Aamsanchar

सन्यासको घोषणा गरेको एक वर्ष नबिल्दै राष्ट्रिय टिममा फर्किए सुनिल क्षेत्री

Author Image
शुक्रवार, फागुन २३, २०८१

काठमाडौं – भारतीय राष्ट्रिय टिमका पूर्व कप्तान सुनिल क्षेत्रीले सन्यासको घोषणा गरेको एक वर्ष नबिल्दै राष्ट्रिय टिममा फर्किएका छन्। अखिल भारतीय फुटबल संघ ९एआइएफएफ०ले सामाजिक सञ्जालमार्फत उनी राष्ट्रिय टिममा फर्कन लागेको जानकारी दिएको हो।

सामाजिक सञ्जालमा उनी एसिया कप क्वालिफार्यसको लागि टिममा फर्किएको बताइएको छ। ‘कुनै कथाहरु निरन्तरताका लागि बनेका हुनछन्।’ भन्दै फुटबल संघले सुनिलको फोटो पोष्ट गरेको छ।

प्रशिक्षक मानोलो मारक्वेजले सुनिलको अनुमति लिएर नै उनलाई राष्ट्रिय टिममा बोलाइएको खुलाएका छन्। उनले भनेका छन्, ‘एसिया कप हाम्रो लागि निकै महत्वपूर्ण छ। हामीले प्रतियोगिताको महत्वलाई मध्यनजर गर्दै सुनिल क्षेत्रीसँग कुरा गर्‍यो। उनीले सहमति जनाएका कारण हामीले उनलाई टिममा समावेश गरेका छन्।’ यस अगाडि उनले गत जुनमा सन्‍न्यास लिएको घोषणा गरेका थिए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर