Aamsanchar

बिर्तामोडको एक विद्यालयमा मादक पदार्थ सेवन गरेर विद्यार्थी विद्यालय आएपछि प्रहरीद्वारा पक्राउ

Author Image
शुक्रवार, फागुन २३, २०८१

सांकेतिक तस्वीर ।

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित महेन्द्र मावि कक्षा ९ मा अध्ययनरत केही विद्यार्थीहरु विद्यालय पोशाकमै मादक पदार्थ सेवन गरी विद्यालय आएको घटनाले शिक्षा क्षेत्रलाई नै चुनौती दिएको छ।

सो घटना सम्बन्धमा विद्यालयका शिक्षकमार्फत इलाका प्रहरी कार्यालय अनारमनीलाई जानकारी गराएपछि प्रहरीले तत्कालै कारबाही प्रक्रिया अघि बढाएको छ। प्रहरी टोलीले बिर्ताबजारबाट अनुसन्धानका लागि खटिएको टोलीले घटनास्थलमा पुगेर ती विद्यार्थीहरूलाई सोधपुछ गरेको थियो। अनुसन्धानको क्रममा विद्यार्थीहरूलाई मादक पदार्थ बिक्री गर्ने होटल सञ्चालक कुमार बस्नेतलाई पनि नियन्त्रणमा लिइएको छ।

४६ वर्षीय बस्नेतलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। विद्यालय उमेरका विद्यार्थीहरूलाई मादक पदार्थ बेचबिखन तथा सेवन गराउनु गम्भीर विषय भएकाले थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

विद्यालय प्रशासन तथा अभिभावकहरूले यस घटनालाई गम्भीर रूपमा लिएर बालबालिकाहरूलाई सचेत गराउने उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ। साथै, कानूनी रूपमा समेत यस्ता घटनालाई नियन्त्रण गर्न आवश्यक कदम चालिनुपर्ने सरोकारवालाहरूको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 337

प्रतिक्रिया (०)

सम्बन्धित खबर