



ताप्लेजुङ – ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले सदरमुकाम फुङ्लिङ बजारमा सद्भाव र्याली निकालेका छन् ।

शान्ति र समृद्धिको सन्देश फैलाउने उद्देश्यले निकालेको र्यालीमा शेर्पा समुदायका सदस्य मौलिक पोसाकमा सजिएर सहभागी भएका थिए । र्यालीले विरेन्द्र चोकबाट शुरु भई तोक्मे डाँडामा रहेको गुम्बाको परिक्रमा गरेको थियो ।


गुम्बा परिक्रमा शेर्पा समुदायको धार्मिक आस्थासँग गाँसिएको महत्त्वपूर्ण परम्परा हो । त्यसले शान्ति, सद्भाव र सकारात्मक ऊर्जाको प्रवर्द्धन गर्ने विश्वास गरिन्छ ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 33