



काठमाडौं – आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल आज हुँदैछ।

उपाधिका लागि दुबईमा यी दुईबीचको खेल दिउँसो पौने ३ बजे सुरु हुन लागेको हो। त्यसमा भिड्दै छन् भारत र न्युजिल्यान्ड। २५ वर्षपछि यी दुई टिम कुनै उपाधि भिडन्तका लागि एकअर्काविरुद्ध खेल्दै छन्।


न्युजिल्यान्डले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराएको थियो। त्यसमा न्युजिल्यान्डको ब्याट र बल दुवै चम्केको थियो।


त्यसैले न्युजिल्यान्डसामु एउटा अर्को अवसर आएको छ भारतलाई हराउने। त्यो पनि उत्साह र आत्मविश्वासपूर्ण प्रदर्शनका कारण।
आइसिसीको आधिकारिक प्रतियोगितामा यसअघि दुईपल्ट भारत र न्युजिल्यान्ड फाइनलमा भिडेका छन्।
यही प्रतियोगितामा भारतले न्युजिल्यान्डलाई ४४ रनले हराइसकेको छ। लिग चरणमा दुवै एउटै समूहमा थिए । त्यसमा भारत न्युजिल्यान्डमाथि हाबी भएको थियो।
भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई हराएको थियो। पछिल्लो फाइनल सन् २०२१ को टेस्ट च्याम्पियनसिप हो। त्यसमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले सजिलै पराजित गरेको थियो।
एकदिवसीय त्रिकेटमा भारत र न्युजिल्यान्ड एकैपल्ट भिडेको छ। यही त त्यो खेल हो, जुन २५ वर्षअगाडि भएको थियो। त्यो भनेको सन् २००० को आइसिसी नकआउट ट्रफीको फाइनल भएको थियो नैरोबीमा। त्यसमा पनि न्युजिल्यान्ड नै विजयी रहेको थियो।
यस्तोमा अवसर न्युजिल्यान्डसँग मात्र छैन, बदला लिने। भारतले पनि ती दुई फाइनल हारको बदला लिन सक्छ न्युजिल्यान्डमाथि।
यसपल्टको च्याम्पियन्स ट्रफी दुई देशमा भएको हो। पाकिस्तान र अर्को युएईमा खेल भएको थियो। भारत पाकिस्तान जान नमानेपछि यस्तो भएको हो।
न्युजिल्यान्डले सन् २०१५ र २०१९ को विश्वकप फाइनल खेलेको थियो। तर, दुवै अवसरमा पराजित रह्यो। यस्तोमा न्युजिल्यान्डसामु त्यो हारको क्रमलाई पूर्णविराम लगाउने अवसर पनि छ।