Aamsanchar

नेपालले आज घरेलु टोली युगान्डासँग खेल्दै

Author Image
आइतवार, फागुन २५, २०८१

काठमाण्डौ – वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली युगान्डासँग खेल्दैछ । यो खेल दिउँसो सवा १२ बजेपछि इन्टेब्बे क्रिकेट ओभलमा शुरू हुनेछ ।

शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपाल हिजो नामिबियासँग पराजित भएको थियो । नामिबियासँगको पहिलो भेटमा नेपाल डकवर्थ लुइस (डीएलएस)का आधारमा ६ विकेटले पराजित भएको हो ।

शृङ्खलामा युगान्ड, नेपाल, नामिबिया र हङकङ सहभागी छन् । शृङ्खलामा सबै टोलीले एकअर्कासँग २ खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ मा रहने टोलीबीच आउँदो चैत ३ गते फाइनल हुनेछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर