Aamsanchar

सुनको भाउ १ सय रुपैयाँले बढ्याे

Author Image
आइतवार, फागुन २५, २०८१

काठमाण्डौ – आज सुनको भाउ १ सय रुपैयाँले बढेको छ । सुनको भाउ एक सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ । गएको शुक्रवार सुनको भाउ तोलाको १ लाख ७० हजार २ सय रुपैयाँ रहेको छ ।

यस्तै आज चाँदीको भाउ भने सामान्य घटेको छ । चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर