Aamsanchar

स्वागत र्यालीमा भारतीय नेता योगी आदित्यनाथको तस्वीर, राष्ट्रवादीहरू असन्तुष्ट

Author Image
आइतवार, फागुन २५, २०८१

पोखराबाट काठमाडौं आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आयोजित र्यालीमा अनौठो दृश्य देखिएको छ। राप्रपाको समर्थनमा आयोजित नागरिक बचाउ अभियानसहित विभिन्न सङ्घसंस्था सम्मीलित र्यालीमा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर सार्वजनिक भएपछि राष्ट्रवादी सर्वसाधारणहरू झस्किएका छन्।

र्यालीमा ज्ञानेन्द्र शाहको ठूलो तस्वीरसँगै योगी आदित्यनाथको तस्वीर देखिएको थियो, जसले नेपालप्रति प्रतिबद्ध राष्ट्रवादीहरूको मनोभावनामा असर पारेको छ। सामाजिक सञ्जाल तथा विभिन्न मञ्चहरूमा यसको कडा आलोचना भइरहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा अभियानका आयोजकहरूले यसको कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। तर, भारतीय नेतासँग नेपाली राजसंस्थालाई जोडेर प्रस्तुत गरिनु गम्भीर विषय भएको विश्लेषकहरू बताउँछन्।

यस घटनाले नेपाली राजनीतिमा नयाँ बहसको जन्म दिएको छ। नेपालमा राजसंस्थाप्रति समर्थन बढ्दै गइरहेको सन्दर्भमा विदेशी नेताको तस्वीरले कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर