काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार दिउँसो पोखराबाट काठमाडौं आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतका लागि ठूलो संख्यामा समर्थकहरू उपस्थित भएका थिए।

विमानस्थलको मुख्यद्वारबाट बाहिरिने क्रममा पूर्वराजाले समर्थकहरूलाई अभिवादन गरे। उनका सम्मानमा नाराबाजी गर्दै राष्ट्रिय झन्डा फहराएका समर्थकहरूले स्वागत गरेका थिए।

पूर्वराजा शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरूले विमानस्थलमै स्वागत गरेका थिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 52