कनकाई । झापा कनकाई नगरपालिका-७, दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउन्डेशन बाल क्लबका विद्यार्थीहरूले लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सडक नाटक ‘पाठशाला’ प्रदर्शन गरेका छन्।

शनिबार दुर्गापुर बजारमा मञ्चन गरिएको नाटकले समाजमा बढ्दो लागुऔषधको समस्यालाई उजागर गर्दै विशेष गरी किशोर(किशोरीहरूमा यसको प्रत्यक्ष असर परिरहेको विषयलाई मुख्य रूपमा उठान गरेको थियो।

बाल क्लबकी अध्यक्ष सिखा सेन्चुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष भिष्म भूषण सिटौलाले यस्तो अभियानले समाजमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई यस्ता रचनात्मक कार्यहरूमा निरन्तर लाग्न प्रेरित गरे।


कार्यक्रममा भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक चण्डीप्रसाद उपाध्याय, कनकाई बालकल्याण अधिकारी उपमानाथ ढकाल, दुर्गापुर प्रहरी बिटका इन्चार्ज झमक चौहान, नगर बाल अधिकार समिति सदस्य शिशिर भट्राई, नगर शिक्षा समिति सदस्य पुष्पा पौडेल, सरस्वती बाल क्लबका निवर्तमान अध्यक्ष रिजेन तिम्सिनालगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा स्वागत मन्तव्य फक्ताङलुङ क्लबका उपाध्यक्ष अंकुर उप्रेतीले दिएका थिए भने सञ्चालन क्लबकी सचिव कुसुम ढुंगानाले गरेकी थिइन्।
स्थानियस्तरमा लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना फैलाउने यस्तो प्रयास सराहनीय भएको सहभागीहरूले बताएका छन्।