Aamsanchar

इलाम साहित्य महोत्सवको तयारी

Author Image
सोमवार, फागुन २६, २०८१
इलाम- जिल्लाको पर्यटन र साहित्य प्रर्वद्धनका लागि आगामी चैत १ र २ गते इलाममा इलाम साहित्य महोत्सवको तयारी थालिएको छ ।  इलाम नगर साहित्य कला प्रतिष्ठानको आयोजनामा चौथो संस्करणका रुपमा आयोजना गरिएको साहित्य महोत्सवका लागि विभिन्न कामहरु थालिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनुभयो ।
महोत्सवमा नेपालसहित भारतका सिक्किम, सिलिगुडी, दार्जिलिङ, बंगलादेश र श्रीलंकाका साहित्यकार, लेखक तथा कलाकर्मीहरुको सहकागीता रहने छ । महोत्सवमा साहित्य, कला, संस्कृति, राजनीति, अध्यात्म, पर्यटन, वातावरण, प्रविधिलगायत करिब डेढ दर्जन विषयमा बहस हुने आयोजक प्रतिष्ठान अध्यक्ष थाम्सुहाङले जानकारी दिनुभयो ।
जिल्ला बाहिरबाट डेढ सयभन्दा बढी कलाकर्मी र साहित्यकारहरु महोत्सवमा भेला हुने बताइएको छ । प्रतिष्ठानले महोत्सवको एक कार्य तालिकानै सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार राजनीतिमा बसन्त बस्नेत, कृष्ण खनाल, नारायणकाजी श्रेष्ठ, गगन थापा र गोकर्ण विष्टबीच बहस हुने कार्यक्रम तय गरिएको छ । त्यसै दिन नवराज पराजुलीको ‘इलाम कविता कन्सर्ट’ पनि रहने कार्यतालिका छ । बहस तथा छलफल, गजल, कविता वाचनलगायतका कार्यक्रम तय गरिएको अध्यक्ष थाम्सुहाङले बताउनुु भयो । ‘कार्यक्रम स्थल, आगन्तुकलाई खाना र बासको व्यवस्थालगायत सबै किसिमका काम थालिएको छ । अघिल्ला महोत्सव भन्दा यसवर्षको महोत्सवलाई थप व्यवस्थित र सभ्य बनाउने जोडमा हामी लागेका छौं,’ अध्यक्ष थाम्सुहाङले भन्नुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर
उड्न देऊ सपनाहरूलाई (गीत)
बुधवार, फागुन २८, २०८१
ढुङ्गो र पानी (कविता)
शनिवार, फागुन २४, २०८१