Aamsanchar

परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

Author Image
सोमवार, फागुन २६, २०८१

काठमाडौं-  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धार्मिक भ्रमण गर्न आज भारत प्रस्थान गरेकी छन्। भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा पूजाआजाका लागि मन्त्री डा. राणा आज भारत प्रस्थान गरेकी हुन्। उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए। मन्त्री राणा भारतको विदेश मन्त्रालयले मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलगमा सहभागी हुने कार्यतालिका छ।

परराष्ट्र मन्त्रालयका अनुसार भारत सरकारको निमन्त्रणामा मन्त्री डा राणासहित विश्वका विभिन्न देशका प्रधानमन्त्री तथा विदेशमन्त्रीहरु उक्त डायलगमामा सहभागि हुनेछन्। उक्त कार्यक्रमलाई मन्त्री डा राणाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणकै क्रममा मन्त्री डा। राणाले आफ्नो स्वास्थ्य जाँचको फलोअप पनि गराउने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)