Aamsanchar

इलाममा खैरो हेरोइन सहित दुई जना पक्राउ

Author Image
सोमवार, फागुन २६, २०८१

इलाम- खैरो हेरोइनजस्तो देखिने वस्तुसहित प्रहरीले इलाममा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–१२ का २२ वर्षीय रोशन लिम्बू र सोही स्थानका २२ वर्षकै लिलाबहादुर लिम्बूू रहेका छन् । प्रहरीले राजमार्गमा चेकजाँच गर्नेक्रममा इलाम नगरपालिका–९ सेरामा उनीहरू सवार मे- १ च- ४५२५ नम्बरको पिकअप गाडीबाट ३८० मिलिग्राम लागुऔषधजस्तो देखिने खैरो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

उक्त गाडीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबैलाई जिल्ला अदालतबाट म्याद थपगरी अनुुसन्धान थालिएको प्रहरी निरीक्षक सञ्जिव बोगटीले जानकारी दिनुुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर