Aamsanchar

वास्तु विहारले बिर्तामोडमा सुविधा सम्पन्न कोलोनी निर्माण गर्दै

Author Image
सोमवार, फागुन २६, २०८१

झापा । नेपालमा आकर्षक र सुविधासम्पन्न घर निर्माण गर्दै आएको टेक्नोकल्चर विल्डिङ प्रा.लि. (वास्तु विहार) ले झापाको बिर्तामोडमा तीन विगा क्षेत्रफलमा आधुनिक कोलोनी निर्माणको काम सुरु गरेको छ। स्थानीय जग्गाधनीहरूसँगको सहकार्यमा उक्त परियोजना अघि बढाइएको हो।

कम्पनीले आगामी २४ महिनाभित्र ७७ वटा सुविधा सम्पन्न घर निर्माण गर्ने लक्ष्य लिएको छ। यस परियोजनामा २ बीएचकेदेखि ७ बीएचकेसम्मका घर बनाइनेछ। साथै, सामुदायिक हल, सपिङ सेन्टर, पार्क, मठमन्दिर, स्वीमिङ पुलजस्ता पूर्वाधार उपलब्ध गराइनेछ। घर निर्माण सम्पन्न भएपछि ग्राहकलाई हस्तान्तरण गरिनेछ।

किस्ताबन्दी सुविधासहित घर निर्माण

वास्तु विहारले घर निर्माण गर्न चाहने तर आर्थिक अभावका कारण कठिनाइ झेलिरहेका नेपाली नागरिकलाई किस्ताबन्दी सुविधासहित घर खरिदको अवसर प्रदान गरेको छ। सम्झौता बमोजिम ग्राहकले क्रमशः भुक्तानी गर्दै जान सक्नेछन्।

स्थानीय जग्गाधनी जगन्नाथ खनालका अनुसार कोलोनी मोडलमा निर्माण गरिने घरहरूमा सम्पूर्ण पूर्वाधार तथा सुरक्षा सुविधाहरू सुनिश्चित गरिनेछ। सडक, विजुली, ढल व्यवस्थापन लगायतका पूर्वाधार तयार गरेर योजनाबद्ध रूपमा घरहरू बनाइनेछन्।

नेपाल सरकार उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाबाट २०८० साल असार २२ गते टेक्नोकल्चर विल्डिङ प्रा.लि.ले नेपालमा घर निर्माणको अनुमति पाएको थियो। सन् २००२ देखि भारतमा आवासीय निर्माणमा सक्रिय रहेको कम्पनीले नेपालमा आफ्नो सेवा विस्तार गर्दै बिर्तामोडमा शाखा स्थापना गरी घर निर्माणको कार्यलाई अघि बढाएको हो।

नयाँ मोडलको कोलोनी निर्माण योजना

बिर्तामोड नगरपालिकामा २०८१ साउन १७ गते व्यवसाय दर्ता गरेर सञ्चालनमा आएको वास्तु विहारले स्थानीय जग्गाधनीहरूलाई सहकार्यका लागि अवसर प्रदान गरिरहेको छ। जमिन खरिद गर्ने व्यक्तिले ३०–४० प्रतिशत रकम किस्तामा भुक्तानी गरेपछि जग्गा पास गरिने व्यवस्था गरिएको छ। त्यसपछि नक्सा पास गराएर घर निर्माणको प्रक्रिया अघि बढाइनेछ।

वास्तु विहारका अनुसार एकैपटक ठूलो लगानी गर्न नसक्ने ग्राहकलाई लक्षित गरी किस्ताबन्दी योजना ल्याइएको छ। घर निर्माण सम्पन्न भएपछि सम्झौता अनुसार क्रमिक रूपमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरिनेछ। बाँकी रकम नियमअनुसार बुझाएपछि ग्राहकलाई घर हस्तान्तरण गरिनेछ।

नेपालमा १० हजार घर निर्माणको लक्ष्य

भारतमा ३६,००० भन्दा बढी घर निर्माण गरी हस्तान्तरण गरिसकेको वास्तु विहारले नेपालमा वीरगंज, विराटनगर र बिर्तामोडमा १०,००० घर निर्माण गर्ने लक्ष्य राखेको छ। नेपाल र भारतका पाँच प्रदेशका ६५ शहरमा आवासीय निर्माण सेवा दिँदै आएको कम्पनीले नेपाली नागरिकलाई सहज र व्यवस्थित बसोबासको अवसर प्रदान गर्ने उद्देश्य लिएको छ।

वास्तु विहारको योजनाले विशेष गरी घर निर्माणका लागि पर्याप्त पूँजी नभएका नेपालीलाई लाभ दिनेछ। सम्झौताअनुसार निर्माणको आधारमा भुक्तानी गर्ने प्रणाली भएकाले ग्राहकलाई आर्थिक रूपमा सहज हुनेछ।

कम्पनीका अनुसार, नेपालमा व्यवस्थित आवासीय क्षेत्रको माग बढ्दो छ। यसैलाई ध्यानमा राख्दै, कम्पनीले आधुनिक प्रविधि तथा उच्च गुणस्तरका निर्माण सामग्रीको प्रयोग गरी घर निर्माणको कार्य अघि बढाइरहेको छ।

स्थानीय जग्गाधनीहरूसँग सहकार्य गर्दै जग्गा खरिद प्रक्रियालाई सरल बनाउँदै घर निर्माण गर्न चाहने नागरिकलाई सहज अवसर प्रदान गर्नु वास्तु विहारको मुख्य लक्ष्य हो। यस परियोजनाले बिर्तामोडको आवासीय क्षेत्रलाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर