Aamsanchar

कमल थापा र राजेन्द्र लिङ्देनले ‘गणतन्त्रको संरक्षकहरूसँग हातेमालो गरेर राजसंस्था जोगाउन खोज्नु भन्नुको कुनै तुक छैन,: दुर्गा प्रसाई

Author Image
मङ्गलवार, फागुन २७, २०८१

काठमाडौँ ।  राजसंस्थाको पुनःस्थापनाका लागि चलिरहेको बहसबीच व्यवसायी दुर्गा प्रसाईंले राप्रपालाई राजसंस्थाको पतनको मुख्य दोषी ठहराएका छन्। मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले २०७२ सालको संविधान निर्माण प्रक्रियामा राप्रपाका नेताहरूको भूमिकाले राजसंस्था समाप्त हुन पुगेको दाबी गरे।

प्रसाईंले भने, ‘राप्रपाले सबैभन्दा ठूलो धोका दिएको छ। यदि २०७२ असोज ४ मा कमल थापा र राजेन्द्र लिङ्देनले संविधानमा हस्ताक्षर नगरेका भए, न राजसंस्था हट्थ्यो, न हिन्दू अधिराज्य समाप्त हुन्थ्यो।’

उनले राप्रपाले विगतमा राजसंस्थालाई तिलाञ्जली दिएको तर अहिले राजनीतिक लाभ लिन खोजेको आरोप लगाए। उनले भने, ‘राप्रपाले राजसंस्थालाई धोका दियो, तर अहिले परिस्थिति बदलिएपछि आफ्नो स्वार्थका लागि पुनः सक्रिय हुन खोजिरहेको छ।’

उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै भने, ‘राजाले यो लडाइँमा सारथीको भूमिका लिनुपर्छ, म अर्जुनको रूपमा अगाडि बढ्छु।’

साथै, उनले गणतन्त्रको समर्थन गर्दै आएका नेताहरूसँग सम्बन्ध राख्ने राप्रपा नेतृत्वले राजसंस्थाको पक्षमा ठोस कदम चाल्न नसक्ने टिप्पणी गरे।‘गणतन्त्रको संरक्षकहरूसँग हातेमालो गरेर राजसंस्था जोगाउन खोज्नुको कुनै तुक छैन,’ उनले भने।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 278

प्रतिक्रिया (०)