Aamsanchar

इटहरी, रामधुनी र वराहक्षेत्रले सडकबत्तीको पाँच करोड ९१ लाख तिर्न बाँकी

Author Image
मङ्गलवार, फागुन २७, २०८१

इटहरी – सुनसरीका तीन स्थानीय तहले सडकबत्तीको रु. पाँच करोड ९१ लाख ६० हजार बक्यौता तिर्न बाँकी रहेको छ।

इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र वराहक्षेत्र नगरपालिकाले सडकबत्तीको बक्यौता तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख रामउद्गार साहले जानकारी दिए।

बक्यौता तिर्न पटक–पटक सूचना जारी गरे पनि हालसम्म नतिरेको उनले बताए। इटहरी उपमहानगरले रु। तीन करोड ७७ लाख ४० हजार, वराहक्षेत्र नगरपालिकाले रु। एक करोड ३५ लाख २५ हजार र रामधुनी नगरपालिकाले रु। ७८ लाख ९४ हजार बक्यौता तिर्न बाँकी रहेको छ।

प्रमुख साहले भने, ‘बक्यौता रकम तिर्न पालिकालाई पत्र पठाउँदै आएका छौँ।’ इटहरी वितरण केन्द्रका सूचना अधिकारी सुरज गोसाईंका अनुसार प्रत्येक महिना सडकबत्तीको बिल पालिकालाई पठाउने गरिएको छ। प्राधिकरणले बक्यौता नतिर्नेको विद्युत् लाइन काट्दै आएको छ।

चालू आर्थिक वर्ष २०८१।०८२ मा साउन महिनायता १२ हजार ८२ जनाको लाइन काटिएको उनले बताए।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर