Aamsanchar

विरता जेसीज बिर्तामोडको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण

Author Image
मङ्गलवार, फागुन २७, २०८१

फोटोहरु: विष्णु कुल श्रेष्ठ

वीरता जेसीज बिर्तामोडको नव-निर्वाचित नेतृत्वले मंगलबार एक भव्य समारोहबीच औपचारिक रूपमा पदभार ग्रहण गरेको छ। बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित कार्यक्रममा अध्यक्ष युवराज कुँवरसहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूले आफ्नो जिम्मेवारी सम्हाले।

समारोहको प्रमुख आतिथ्य नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गरेका थिए। पद हस्तान्तरणको क्रममा निवर्तमान अध्यक्ष जेसी बस्नेतले आफ्नो गलामा रहेको जेसीज चेन खोलेर नव(निर्वाचित अध्यक्ष कुँवरलाई हस्तान्तरण गरे, जसले नेतृत्वको औपचारिकता जनायो।

 

नव-निर्वाचित कार्यसमिति
यसअघि सम्पन्न निर्वाचनमार्फत कुँवर अध्यक्ष चयन भएका थिए भने उपाध्यक्षहरूमा पुष्प भण्डारी, सुभम शाह, अजय चौधरी, अजय अधिकारी निर्वाचित भएका छन्। त्यस्तै, जनसम्पर्क अधिकारीमा अभिषेक गहतराज, तालिम संयोजकमा सुशील थापा, संयुक्त सचिवमा सुभाष त्रिखत्री, कार्यकारीणी उपाध्यक्षमा सुमन पोद्धार, प्रभात मास्के, तथा प्रकरण निर्देशकमा प्रज्वल बिमली चयन भएका छन्।

अध्यक्ष कुँवरले आफ्नो कार्यसमिति पूरक रूपमा गठन गर्दै महासचिवमा विज्ञान पौडेल, कोषाध्यक्षमा एलसी श्रेष्ठ, कानुनी सल्लाहकारमा अमरजीत शाह, सहकोषाध्यक्षमा बसन्त ढकाललाई मनोनित गरेका छन्।

समारोहमा निवर्तमान अध्यक्ष बस्नेतले नयाँ अध्यक्ष कुँवरलाई सपथ ग्रहण गराए भने कुँवरले आफ्ना पदाधिकारीहरूलाई सपथ गराए। नयाँ अध्यक्ष कुँवरले आफ्नो कार्यकालमा हातेमालो गर्दै सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।


समारोहमा ‘मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट एभिन्यूज टेलिभिजनका झापा संवाददाता तथा साझा अनलाइन न्युजका सम्पादक सन्तोष न्यौपाने र एपिवान टिभीका झापा संवाददाता विष्णु श्रेष्ठलाई नगदसहित सम्मान गरियो।

कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष दिनेश कोइराला, भद्रपुर जेसीजका अध्यक्ष शैलेश श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए।

त्यस्तै, वीरता जुनियर जेसीज वर्ष २०२५ को लागि निर्वाचित अध्यक्ष अश्विन गोसाई नेतृत्वको टोलीले पनि सपथ ग्रहण गर्दै जिम्मेवारी सम्हालेको छ।

यसरी, विरता जेसीज बिर्तामोडको नयाँ नेतृत्वले आफ्नो कार्यकालको औपचारिक सुरुवात गरेको छ, जसले संस्थाको विकास र सामाजिक सेवाका कार्यक्रमलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर