Aamsanchar

मदानेमा एकजना पुरुषको शव फेला

Author Image
बुधवार, फागुन २८, २०८१

गुल्मी – गुल्मीको मदानेमा एकजना पुरुषको शव फेला परेको छ।

जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ झार्किसल्ला स्थित ढोरपाटन सडक खण्डदेखि ३ सय मिटर तल भिरमा शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले पहिचान नखुलेको जानकारी दिए।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक दीपक केसीको कमान्डमा प्रहरी खटिएको छ। शव कसको हो र के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन।

बेवारिसे अवस्थामा फेला परेको शवको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर