Aamsanchar

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाद्वारा आफ्नै नव–निर्मित भवनबाट सेवा प्रवाह

Author Image
बुधवार, फागुन २८, २०८१

ताप्लेजुङ-  ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–६ ले आफ्नै नव–निर्मित कार्यालय भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । वडा नम्बर ६ ले बिहीबारे काउले टोलमा निर्माण गरिएको आफ्नै वडा कार्यालय भवनबाट सेवा प्रवाह गर्न थालेको हो ।

वडाध्यक्ष मदन गुरुङ ९तेज० ले मङ्गलाबारदेखि आफ्नै भवनबाट सेवा दिन थालेको जानकारी दिनुभयो । वडाको कार्यालय अर्थात् प्रशासकीय भवन निर्माण सम्पन्न भएसँगै सेवा सुरु गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो । वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेपछि वडावासी सेवाग्राहीले थप राहतको महशुस गरेका गुरुङको भनाइ छ ।

वडा कार्यालय भवन ममता कन्स्ट्रक्सनले कुल ८३ लाख ८६ हजार १७९ रुपियाँको लागतमा निर्माण गरेको हो । नवनिर्मित दुईतले भवनमा वडाध्यक्षको कार्यकक्ष, वडासचिव र प्राविधिकाको छुट्टाछुट्टै कार्य कक्षसमेत सातवटा कोठा रहेका छन् । अन्य कोठाहरुमा सभा कक्ष, भण्डारण कक्ष र भान्सा कोठा रहेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । यसअघि घर भाडामा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर