Aamsanchar

देशभरका सात सहर अस्वस्थकर

Author Image
बिहिवार, फागुन २९, २०८१

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभरका सात सहर बिहीबार (आज) अस्वस्थकर बनेका छन् । वायु प्रदूषणको तह बढेसँगै सात सहर अस्वस्थकरको सूचीमा परेका हुन् ।

वातावरण विभागका अनुसार ललितपुरस्थित खुमलटार बिहीबार बिहान सर्वाधिक प्रदूषित बनेको छ । बिहीबार बिहान ११ बजे खुमलटारको वायुको गुणस्तर मापदण्ड ९एक्यूआई० १७२ रहेको वातावरण विभागको तथ्यांक छ ।

सोही समयमा देशका सात सहर अस्वस्थकर छन् । काठमाडौंको शंखपार्कको एक्यूआई १७० र रत्नपार्कको १६३ पुगेको छ । ललितपुरको भैँसेपाटी र भक्तपुर सल्लाघारीको एक्यूआई क्रमशः १६६ र १६४ छ ।

उपत्यकाबाहिर धनकुटाको १५२ र चितवनको भरतपुरको एक्यूआई १५१ पुगेको छ । यीबाहेक अरू सहरमा एक्यूआई १५० भन्दा कम छ ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा अति अस्वस्थकर र त्योभन्दा माथि भएमा खतरनाक हुने विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०को मापदण्ड छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर