



काठमाडौं – प्रहरीले होलीमा उच्छृंखल गतिविधि गरेको आरोपमा १२ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले विभिन्न ठाउँबाट १२ जनालाई नियन्त्रणमा लिएको बताएका हुन् ।


“न्युरोड, कोटेश्वर, सिंहदरबार क्षेत्रबाट १२ जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउको अवस्था हेरेर मुद्दा चलाउने वा त्यसै छोड्ने गर्छौं,” एसपी बोहोराले भने ।


होली विशेष सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यकामा २ हजार ७०६ जना प्रहरी परिचालित छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 86