अहिले मुलुक पूर्व राजाको फागुन सातको विचारले मुलुक राजनीतिक बहस र छलफलमा नयाँ मोडमा प्रवेश गरेको छ ! राजावादीहरूको आन्दोलन र मागले गणतन्त्रवाद दलहरूमा पनि आन्तरिक बहस र छलफल हुन थालेको छ ! गणतन्त्रवादि दलहरुमा पनि चाहेर होस या नचाहेर होस राजावादी आन्दोलनले दललाई पनि प्रभावित गरिरहेको छ ! त्यति मात्र हैन अहिले आम जनतामा पनि गणतन्त्रवाद दल र सरकारको तीब्र विरोध र असनतुष्टी बडिरहेको अवस्थामा दलहरू पनि आफू चोखिने र राजनीतिक शुद्धता देखाउने प्रयासमा गरिरहेका छन ! गणतन्त्रको आफूलाई नै प्रणेता ठान्ने माओवादी यस कार्यमा अग्रपङ्क्तिमा देखा परेको छ ! नेपाली काँग्रेस भित्रबाट संस्थापन इतर समुहका नेता डा. शेखर कोइराला पनि पछिल्लो समय अरु प्रखर रुपमा देखा परेका छन ! उनको गठबन्धन प्रति फरक विचार र दृष्टिकोण काँग्रेस भित्र झाँगिएर आएको छ बाक्लो भएर आएको छ ! र सिङ्गै काँग्रेस भित्र त्यो बाक्लो झाँगिएको विचारमा गोलबन्द हुन थालेको छ ! अहिले काँग्रेस महामन्त्री गगन थापा पनि शेखरकै बाटोमा हिँड्दै प्रधानमन्त्रीको बेड रुम सम्म विचौलिया भन्दै गठबन्धन सरकार प्रति असन्तोष रहेको विचार प्रकट गरे !


काँग्रेस भित्र अहिले गठबन्धन सरकार प्रति तीब्र असन्तोष रहेको विचार प्रकट हुन थालेको छ ! सरकार सञ्चालनमा उच्च स्तरीय दुई दलीय संयन्त्र निर्माण गरेको हुँदा सरकारले गरेका र भएका निर्णयमा काँग्रेस सरकारको नेतृत्वमा छैन भनेर उम्किन पाउने अवस्था छैन ! डा, शेखर कोइरालाले भने जस्तै सरकारमा काँग्रेस भएपनि सरकारमा नभए जस्तो भन्नु नै काँग्रेस निरिह देखिनु हो ! संसद्मा ठुलो दल भएर पनि यो अवस्थामा काँग्रेस पुग्नु काङ्ग्रेसमा नेतृत्व गरेका र भएका पदाधिकारीहरूको कमजोरी हो र त्यसको जिम्मा लिनु पर्ने स्थिति छ !


यिनै कारणबाट पाटी सभापति अहिले अप्ठ्यारो अवस्थामा पुगेको काँग्रेस भित्रै चर्चा चल्नु र गठबन्धन विघटनको सङ्घारमा पुगेको देखिदै छ !

अव सरकारको नेतृत्वको लागी पात्र खोजिन्दै

अहिलेको काँग्रेस एमालेको गठबन्धन विघटन भएपछि सरकारको नेतृत्व कसले गर्ने त्यस्तो पात्रको खोजी हुन थालेको छ ! अहिले मुलुकमा शिक्षकहरूको आन्दोलन चलिरहेको छ भने सँगसँगै राजावादीहरूको पनि आन्दोलन छ१ मुलुकमा व्याप्त भ्रष्ट्राचार कुशासन र कर्मचारीहरूको नियुक्तिमा समेत चलखेल बडिरहेको अवस्था छ ! विगत र वर्तमान सरकारका कारणबाट गणतन्त्र प्रति नै वितृष्णा र उच्चाटन बडिरहेको र सडक आन्दोलन पनि यही अवस्था रहे कालान्तरमा बडने अवस्था रहन सक्छ ! यस्तो अवस्थामा सरकार र आन्दोलनकारी समुहबीचको मध्यस्थता गर्न त्यस्तो पात्र आवश्यकता पर्ने समय निकटमा देखिन्दैछ !
त्यस्तो अवस्थामा अहिले सरकारको विगत देखि अहिले सम्म नेतृत्व गरेका माओवादीका प्रचण्ड काङ्ग्रेसका सभापति शेर बहादुर देउवा र एमालेका केपी ओलीबाट त्यस्तो भूमिका निर्वाह हुन नसक्ने र जनतामा पनि उनीहरू प्रति विश्वास र भरोसा घट्दै गएको कारणबाट अव यिनिहरुको नेतृत्वमा सरकार भए सडमा आन्दोलन गरिरहेका समुह सँग मध्यस्थ नहुने र उनीहरूको नेतृत्व पनि नस्विकार्ने परिस्थिति निर्माण हुने र भएमा आन्दोलनकारी अरु उग्र बन्ने र त्यसमा जनता पनि सहभागी हुने अवस्था आँकलन भइरहेको दलहरू भित्रै महसुस हुन थालेको छ ।
अव संसदमा ठुलो दलको हैसियतले काङ्ग्रेसले नै सरकारको नेतृत्व लिनु पर्ने हुन्छ ! गठवन्धनको सहमती पनि यस्तै भएको छ ! मुलुकमा जब जब अप्ठ्यारो परिस्थिती निर्माण हुन्छ तब तब काङ्ग्रेसले नै नेतृत्व लिने गरेको छ र संकटबाट पनि पार गरेको छ ! माओवादी को शशश्त्र आन्दोलन को विसर्जन , संविधान निर्माण पनि काग्रेसकै नेतृत्व र पहलमा भएको थियो भने विगतकै राजनीतिक इतिहासमा पनि यस्तै भएको छ २००७ सालमा होस या जनमत संग्रहमा होस ४५ र ४६ को समयमा काग्रेसबाटनै निर्णायक भूमिका निर्वाह गरेर निकास दिएको थियो ! त्यसमा पनि कोइराला परिवारबाटै भएको हुँदा अहिले देशले कोइराला परिवार कै डा। शेखर कोइरालालाइ उपयुक्त पात्रको रुपमा जनता र अन्य दलले हेर्न थालेका छन ! अहिलेको समयमा मुलुकको संक्रमणकालिन समयमा आन्दोलनकारी समुह र सरकारसंग सहमती या मध्यस्थात गर्नु परे त्यस्तो सरकारको नेतृत्व डा। शेखरले लिनु पर्ने र निकास पनि उनैबाट हुने हुँदा काँग्रेस भित्र पनि त्यस्तो वातावरण समय र परिस्थिती वन्दै गएको काँग्रेस भित्रै उच्च र शिर्ष नेताहरु भन्न थालेकाछन !




