Aamsanchar

कच्चा तेलको भाउ पुनः उकालो लाग्यो

Author Image
मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पुनः उकालो लागेको छ । कच्चा तेलको भाउ बढेर प्रतिब्यारेल ७० अमेरिकी डलरनजिक पुगेको छ ।

मेरवान क्रुडमा कच्चा तेलको भाउ बढेर प्रतिब्यारेल ६८ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ ।

यस्तै, ब्रेन्ट क्रुडमा ब्यारेलको ६६.६३ र डब्ल्यूटीआई क्रुडमा ६३.७३ डलरमा कारोबार भएको आयाल प्राइसले जनाएको छ ।

दुई साताअघिसम्म कच्चा तेलको भाउ ओरालो लागेर प्रतिब्यारेल ५६ डलरनजिक थियो । पछि विस्तारै बढ्दै गएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरि नै भन्सार दर बढाएपछि कच्चा तेलको भाउ ओरालो लागेको थियो । पछिल्लो समय ट्रम्प केही लचिलो भएकाले त्यसको असर तेल बजारमा परेको हुन सक्ने विश्लेषकको भनाइ छ ।

अमेरिका र इरान सम्भावित आणविक सम्झौताका निम्ति एक रूपरेखाको मस्यौदा तयार पार्न सहमत भएका छन् । त्यसबाट प्रतिबन्ध हटाउन र अन्तर्राष्ट्रिय बजारमा इरानी कच्चा तेल फिर्ता ल्याउन सकिने बताइएको छ ।

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर