Aamsanchar

कुन उमेरका बच्चाहरूलाई कति घिउ खुवाउनु पर्छ ?

Author Image
बुधवार, वैशाख १०, २०८२

घिउ स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ । आयुर्वेदमा घिउ खानामा मात्र नभई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । आवश्यक फ्याटी एसिडका साथै घिउ स्वस्थकर बोसो, भिटामिन ए, डी, ई र के, र एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ ।

प्रशोधित तेलको तुलनामा, घिउमा छोटो–श्रृंखला र मध्यम–श्रृंखला फ्याटी एसिडहरू हुन्छन् । जसले तत्काल ऊर्जा प्रदान गर्छ । तर घिउ बालबालिकाको लागि फाइदाजनक छ कि छैन र बालबालिकालाई कुन उमेरमा घिउ खुवाउनु पर्छ भनेर प्रश्न उठ्ने गरेको छ ।

के घिउ बालबालिकाको लागि सुपर फूड हो ?

स्वास्थ्य विज्ञहरूका अनुसार घिउमा धेरै आवश्यक पोषक तत्त्वहरू पाइन्छन् । जुन बालबालिकाको वृद्धि र विकासको लागि लाभदायक मानिन्छ । बच्चा जन्मेको ६ महिनापछि घिउ खुवाउन सकिन्छ । तपाईं घिउमा बच्चाको खाना बनाउन सक्नुहुन्छ ।

ऊर्जा बूस्टर स् तीव्र वृद्धिका कारण बच्चाहरूलाई वयस्कको तुलनामा धेरै ऊर्जा चाहिन्छ । त्यसैले घिउ उनीहरूको गतिविधिको लागि ऊर्जा बूस्टर हो । पोषक तत्त्वले भरिपूर्ण घिउमा बोसोमा घुलनशील भिटामिन ए, डी, ई र के पाइन्छ । यो हड्डीको बलियोपन, रोग प्रतिरोधात्मक क्षमता र समग्र वृद्धिको लागि आवश्यक मानिन्छ ।

मस्तिष्क विकासलाई सहयोग गर्छ स् घ्यूमा पाइने ओमेगा–३ र ओमेगा–९ फ्याटी एसिडले मस्तिष्क विकास र स्मरणशक्ति सुधार गर्न मद्दत गर्छ ।

पाचन सुधार गर्छ स् घिउमा ब्युटिरिक एसिड हुने भएकाले आन्द्राको स्वास्थ्यलाई समर्थन गर्नुका साथै पाचनलाई राम्रो बनाउने काम गर्छ ।

कुन उमेरका बच्चाहरूलाई कति घिउ खुवाउनु पर्छ ?

६–९ महिना उमेरका बच्चाहरूलाई दिनको दुई पटक एक चौथाइ घिउ खुवाउनु पर्छ ।

९–१२ महिना उमेरका बच्चाहरूलाई दिनमा दुई पटक आधा चम्चा खुवाउनु पर्छ ।

एक वर्षभन्दा माथिका बच्चाहरूलाई दिनको दुई पटक एक चौथाइ चम्चा खुवाउनु पर्छ ।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर