लक्ष्मीपुर । लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनका लागि आगामी निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार उम्मेदवारी दर्ताको अन्तिम दिन नेत्रबहादुर नेपाल र मोहन लुइँटेल नेतृत्वमा दुई अलग समूहले उम्मेदवारी दर्ता गराएका हुन्।



नेपाल नेतृत्व समूह ।


नेपाल नेतृत्वको समूहमा अध्यक्ष पदका लागि नेत्रबहादुर नेपाल उम्मेदवार रहेका छन्। सो समूहमा उपाध्यक्षमा छविलाल खतिवडा, सचिवमा बुद्धिसागर कटेल, कोषाध्यक्षमा बिमला कटुवाल तथा खुला सदस्यमा जित बहादुर बस्नेत र गञ्जबहादुर बुढाथोकी (मनोज) रहेका छन्। महिला सदस्यका रूपमा रत्ना खड्का, गिता कार्की डाँगी र तारा धमलाको उम्मेदवारी परेको छ।

त्यस्तै, लुईटेल समूहको तर्फबाट अध्यक्ष पदमा मोहन लुइँटेल उम्मेदवार छन्। सो समूहमा उपाध्यक्ष सुरज भण्डारी, सचिव नारायणप्रसाद काफ्ले, कोषाध्यक्ष टेकबहादुर बस्नेत, खुला सदस्यहरू भोलानाथ मिश्र र देविराज दाहाल तथा महिला सदस्यका रूपमा हेमकला चौधरी र विमला देवी विश्वकर्मा रहेका छन्।


लुइँटेल नेतृत्व समूह ।
निर्वाचन संयोजक रुपक दाहालका अनुसार, कोषाध्यक्ष पदमा समूह बाहिरका सूर्यप्रसाद रिमालले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
निर्वाचन बैशाख १८ गते हुने तय भएको छ। अर्जुनधारा नगरपालिका–५ तथा कनकाई नगरपालिका–८ र ९ का गरी जम्मा १,१७८ जना उपभोक्ता मतदाताले नयाँ नेतृत्व चयन गर्नेछन्। संस्थाको विधान अनुसार ९ सदस्य समिति गठन हुने छ ।




