




दाङ – नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य भगवती शर्माको निधन भएको छ । उहाँका श्रीमान् तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरका ८३ वर्षका नारायण आचार्यको गएको वैशाख ८ गते निधन भएको थियो ।


किरिया बसेकै अवस्थामा भगवतीको आज बिहान निधन भएको स्थानीय विनोद शर्माले जानकारी दिनुभयो ।

भगवती शर्मा लामो समयदेखि सुगर, प्रेसर, कोलेस्ट्रोललगायतका रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ श्रीमान् आचार्य आफैले आफैलाई गोली हानेको अवस्थामा मृत फेला पर्नुभएको थियो ।






Views: 160