Aamsanchar

सुनको मूल्य

Author Image
सोमवार, वैशाख १५, २०८२

काठमाडौं – नेपाल बजारमा आज सुनको मूल्य घटेको छ।

अघिल्लो दिन आइतबार एक सय रुपैयाँले बढेको सुन आज १४ सय रुपैयाँले घटेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज १४ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८८ हजार ३०० रुपँयाँ कायम भएको हो।

आइतबार एक तोला सुनको मूल्य १ लाख ८९ हजार ७०० पुगेको थियो। यसैगरी आज चाँदीको भाउ पनि घटेको छ।

आज २० रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य १९ सय ७० रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला चाँदी १९ सय ९० रुपैयाँमा खरिदबिक्री भएको थियो।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे मूल्य बढ्याे
बिहिवार, जेठ ३०, २०८२
सुनकाे मूल्य बढ्याे
बुधवार, जेठ २९, २०८२
धान चामलकाे आयात बढ्याे
मङ्गलवार, जेठ २८, २०८२