Aamsanchar

इँटा भट्टा छेउको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु

Author Image
सोमवार, वैशाख १५, २०८२

वीरगन्ज – पर्साको ग्रामीण भेगमा रहेको इँटा भट्टा छेउको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको पर्सागढी नगरपालिका-५ बहुअर्वाका रुस्तम मियाँकी छोरी ५ वर्षीया नेहा खातुन र त्यही गाउँका मुख्तार मियाँकी छोरी ४ वर्षीया आसिया खातुन रहेका छन्।

वीरगन्ज महानगरपालिका-२ का सन्तोष साहले बहुअर्वामा सञ्चालन गरेको हिरा इँटा भट्टाको छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दुबै बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ।

सोमबार दिउँसो दुवै बालिका पानीमा नुहाउन पसेका बेला डुबेर अचेत भएका थिए। स्थानीयले तत्कालै उद्धार गरेर उनीहरूलाई वीरगन्जको नारायणी अस्पतालमा पुर्‍याउँदा चिकित्सकले दुवैलाई मृत घोषित गरेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर