Aamsanchar

चारआली जंगल क्षेत्रमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Author Image
बुधवार, वैशाख १७, २०८२

झापा । झापाको मेचीनगर नगरपालिका–१३ मा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चारआली  प्रगति सामुदायिक वन क्षेत्र नजिक बिर्तामोडबाट चारआलीतर्फ गइरहेको ना ३ ख २३५३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको मे ८ प ६४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक झापा, अर्जुनधारा नगरपालिका–१० निवासी अन्दाजी ६८ वर्षीय टंक प्रसाद बराल गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड लगिएको थियो। तर, अस्पतालमा पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, दुर्घटनामा संलग्न ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ। ट्रक चालक पाँचथर, फिदिम नगरपालिका–११ निवासी अन्दाजी ३८ वर्षीय ठालु प्रसाद एक्तेन (लिम्बू) रहेको प्रहरीले जनाएको छ।

Views: 494

प्रतिक्रिया (०)

सम्बन्धित खबर