




पोखरा – सशस्त्र प्रहरीले हावाहुरीका कारण फेवातालमा डुबेका ८ जनाको सकुशल उद्धार गरेको छ।


बोटिङ गर्ने क्रममा चितवन जिल्ला भरतपुर महानगर– ५ का २१ वर्षीय रेशम थापा फेवातालमा डुबेका थिए। यसैगरी हावाहुरी आएपछि तालमा कायाक बोटमा बोटिङ गरिरहेका १ जना र डुंगामा बोटिङ गरिरहेका ६ जना गरी अन्य ७ जनाको समेत कुशल उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको विपद् उद्धार टोलीले उद्धार गरेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।






Views: 83