




झापा – झापामा रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरूको नामकरण गरिएको छ । मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीबारेमा एक दशक लामो अध्ययन गरेपछि व्यवहार र स्वरूपका आधारमा नाम दिनुभएको हो ।


‘झापाका रैथाने हात्तीहरू’ नामक पुस्तिकामार्फत हात्तीका नामहरू सार्वजनिक गरिएको छ । स्थानीय जङ्गललाई बासस्थान बनाउँदै आएका यी रैथाने हात्तीहरू पूर्वी नेपालको झापादेखि पश्चिममा उदयपुर र पूर्वमा भारतको आसामसम्म ओहोरदोहोर गर्दै आएको मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।

हात्तीहरूको नाम उनीहरूको स्वरूप, उमेर , लिङ्ग र आनीबानीअनुसार आँखा हात्ती, ठूलो दाह्रे, घुमन्ते राजगज, चुलबुल गजलगायतका राखिएका छन् ।






Views: 105