Aamsanchar

पोखराको शान्ति स्तूपबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना

Author Image
बुधवार, जेठ १, २०८२

पोखरा-  पोखराको शान्ति स्तूपबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटनामा परेको छ । ग १ ख ३८८६ नम्बरको माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको कास्की प्रहरीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार घाइतेहरूलाई अस्पताल ल्याउने काम भइरहेको छ ।

‘घाइतेलाई उताबाट पठाइसकेको छ । अस्पताल ल्याउन लागिएको छ,’ उनले भने । उक्त माइक्रो नगर बस भएको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर