Aamsanchar

ताप्लेजुङको मैवाखोलामा एक युवती मृत अवस्थामा फेला

Author Image
शुक्रवार, जेठ ३, २०८२

फुङ्लिङ – ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक युवती मृत अवस्थामा फेला परेकी छन्।

वैशाख ३० गतेदेखि हराएकी गाउँपालिकाको वडा १ खानीटोल चित्रेकी २४ वर्षीया युवती वर्षा तामाङको शव खानीटोलस्थित जंगलमा फेला परेको गाउँपालिका–१ का वडा अध्यक्ष चन्द्र तामाङले जानकारी दिए।

युवतीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको वडाध्यक्ष तामाङको भनाइ छ।

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर