




चितवन – चितवनको भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर ज्यान गएको छ ।


जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार गएराति इच्छाकामना गाउँपालिका–७ दाहाखानीमा रहेको दाहाखानी भ्यू रिसोर्टको पौडी पोखरीमा डुबेका महतोको ज्यान गएको हो । साथीहरूसँग पौडी खेल्न गएका महतोलाई डुबेको भेटेपछि उहाँका आठ जना साथीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२२ का २२ वर्षीय सिमन थापा, प्रवीण घिमिरे, ५७ वर्षीय मेघलाल चुडाल, २६ वर्षीय दिपेश महतो, १९ वर्षीय शुबु खत्री र वडा नम्बर १३ का २६ वर्षीय आदेश सुवेदी, १४ का २९ वर्षीय आशिष शर्मा र लमजुङ सुन्दरबजारका २६ वर्षीय नारायण बस्नेत रहेका छन् ।






Views: 87