




रूकुमपूर्व – सबैका लागि उज्यालो फर्काउने जिम्मा बोकेर निस्किएका खिमबहादुर खड्का अब कहिल्यै फर्किने छैनन् । रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ का २९ वर्षीय खिमबहादुर खड्का बिहीबार राति रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ बोहोरागाउँमा विद्युत् मर्मत गर्न गएका थिए।



सोही मर्मतको क्रममा एकाएक करेन्ट लाग्यो र उनले जीवनको अन्तिम सास त्यही विद्युतको पोलमै लिए।

विद्युत् अवरुद्ध भएपछि खड्का आफ्नो टोलीसहित मर्मतका लागि रूकुम पश्चिम गएका थिए । उज्यालो फर्काउने काममा गएका उनी आफैँ अन्धकारमा हराए । सोलाबाङको लघुजलविद्युत्बाट आएको करेन्ट लागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी प्रमेश विष्टले बताएका छन् ।
ुघटना थाहा पाउनेबित्तिकै प्रहरी र स्थानीयको सहयोगमा उनलाई पोलबाट झारिएको थियो। त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो।ु, उनले भने ।
आफ्नो घर र गाउँका लागि रातको अँध्यारो चिर्न हिँडेका खड्का अब सधैंका लागि अस्थाएका छन्। उनी फर्कने छैनन्। उनी बोल्ने छैनन्।
अब उनको याद मात्र बाँकी छ। अधुरो काम, असल नियत र एक इमानदार श्रमिकको मौन विदाइ भएको छ । सिङ्गो रुकुम यतिबेला ठुलो शोकमा डुबेको छ ।
उनको शव अहिले घटनास्थलमै छ । कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिँदैछ । उनका आफन्तका आँखाबाट आँसु थामिएको छैन । उज्यालो फर्काउने क्रममा अन्धकारमा हराएका खिमबहादुर अब आफन्तका मनमा एक अमिट पीडा बनेर बाँचिरहने छन् ।




