




वीरगन्ज – बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ। वडाध्यक्ष कुशवाहालाई आइतबार वडा कार्यालयबाटै नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिए।


प्रहरीका अनुसार कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ गरी ३ वटा कसूरमा बारा जिल्ला अदालतबाट सजायको फैसला भएको थियो। अदालतको फैसला कार्यान्वयनका लागि वडाध्यक्ष कुशवाहालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कुशवाहालाई आइतबार बारा जिल्ला अदालतमा पेस गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।





Views: 118