Aamsanchar

प्रहरीको असइ हुँ भन्दै ठगी गरेको अभियोगमा एकजना पक्राउ

Author Image
सोमवार, जेठ १३, २०८२

काठमाडौं – नेपाल प्रहरीको असइ हुँ भन्दै ठगी गरेको अभियोगमा कैलालीबाट एकजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको कैलाली ब्युरोबाट खटिएको भन्दै ठगीमा संलग्न धनगढी उपमहानगरपालिका–५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापालाई प्रहरीले पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई विगत २–३ दिनदेखि पटक–पटक रकम मागेको सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले थापालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर