Aamsanchar

नवविवाहित २५ वर्षीया युवतीको शव बेवारिसे अवस्थामा फेला

Author Image
शुक्रवार, जेठ १७, २०८२

रौतहट – रौतहटमा नवविवाहित युवतीको शव बेवारिसे अवस्थामा फेला परेको छ। बिहीबार दिउँसो दुर्गाभगवती गाउँपालिका–५ स्थित साँझ खोलाको झुलुंगे पुलको छेउमा अन्दाजी २५ वर्षीया युवतीको शव घोप्टो अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए बताए। युवतीको पहिचान भएको छैन।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरको शव गृहमा राखिएको प्रवक्ता रायले जानकारी दिए। प्रवक्ता रायले घटना शंकास्पद रहेको बताए। उनका अनुसार एकरदुई दिनअघि कसैले हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर